करिब २२ सय विद्यार्थीमा बिपिएस प्लस टु कलेजका सुमित प्रथम, तीनजनालाई सान्त्वना पुरस्कार

 

अभिलाष गुप्ता
माघ २८ वीरगन्ज

Advertisement

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा_२०८१ मा रानिघाट स्थित रहेको बीपीएस प्लस टु का विद्यार्थी प्रथम भएका छन् ।

करिब २२ सय भन्दा बढी विद्यार्थीको सहभागितामा सम्पन्न परिक्षामा बिपिएस प्लस टु मा कक्षा ११ मा अध्यनरत १ जना प्रथम भएका छन् भने तीनजना सान्त्वना पुरस्कार प्राप्त गरेका हुन ।

Advertisement

परीक्षामा सहभागी सुमित प्रसाद कलवारले उत्कृष्ट अंक प्राप्त गरि प्रथम पुरस्कार स्वरुप नगद २२ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र पाएका थिए भने सान्त्वना पुरस्कार स्वरुप नगद ११ सय रुपैयाँ कलेजका अनु साह, विशाल साह कलवार र सिताराम प्रसाद कुशवाहाले पाएको कलेजका शैक्षिक निर्देशक दीपक पटेलले जानकारी गराए ।

आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न बिद्यालय र कलेजबाट हजारौं हजार विद्यार्थीहरुको सहभागितामा हाम्रो कलेजका विद्यार्थी प्रथम हुदै हामीलाई गौरवान्वित बनाएको बताउँदै कलेजका एचआर डाइरेक्टर संदिप कुशवाहाले खुसी व्यक्त गरे । उक्त कार्यक्रममा स्वागत नृत्य काब्या एकेडेमीका ससाना विद्यार्थीहरुले गरेका थिए।

Advertisement