अभिलाष गुप्ता
माघ २८, वीरगन्ज
Advertisement
वीरगन्जको नारायणी अस्पतालमा ५०० शैयाकाे भवन निर्माणका लागि सर्वाेच्च अदालतले ५ बर्षपछि निकास दिएपछि वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम गरेर खुशीयाली मनाइएकाे छ।
साेमबार साँझ नारायणी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी,कर्मचारी,नागरिक समाजका अगुवा,राजनीतिक दलका नेताकार्यकर्ता,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले घणटघर चाेकमा दीप प्रज्वलन गरेर खुशीयाली मनाएका हुन्।
Advertisement
नारायणी अस्पतालमा सरकारले पाँच बर्ष पहिले नै ५०० बेडकाे भवन निर्माण गर्ने भनेर आवश्यक बजेट निकास गरेपनि शहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनीबीचकाे विवादका कारण उक्त मुद्दा सर्वाेच्च अदालतमा अड्किएर बसेकाे थियाे।साेमबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र सुनिल पाेखरेलकाे संयुुक्त इजलाशाले विभागकाे पक्षमा फैसला गर्दै भवन निर्माणकाे नयाँ प्रकृया थाल्न बाटाे खाेलिदिएपछि वीरगन्जबासीले त्यसैकाे खुशीयालीमा दीप प्रज्वलन गरेका हुन्।
दीप प्रज्वलन कार्यक्रममा सहभागी भवन निर्माण संघर्ष समितिका संयाेजक समेत रहेका नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले सर्वाेच्च अदालतकाे फैसलाले सम्पूर्ण वीरगन्जबासी हर्षित भएको बताए।उनले भने,`५ बर्षसम्म अन्याेलमा रहेकाे अस्पतालकाे भवन अब बन्छ भन्ने विश्वास जागेकाे छ।तर हामीले अब भवन निर्माणकाे नयाँ प्रकृया तत्काल थाल्न सरकारलाई खबरदारी गरिरहन्छाै।भवन निर्माणको काम सुरु नभएसम्म हाम्राे दबाब र खबरदारी निरन्तर जारी रहन्छ।´
Advertisement
पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले सर्वाेच्च अदालतकाे फैसला स्वागतयोग्य रहेकाे बताए।उनले भने,`वीरगन्जका हकमा अन्यपनि महत्वाकांक्षी परियाेजनाका मुद्दा सर्वाेच्चमा बर्षाैदेखि विचाराधीन छन्।अब ती मुद्दाकाेपनि सर्वाेच्चले छिट्टै छिनाेफानाे लगाइदिनु पर्छ।´त्यसका लागिपनि वीरगन्जबासीले यस्तै दबाब र खबरदारी अभियान सुरु गर्नुपर्नु धारणा उनले राखे ।
नारायणी अस्पतालका सुचना अधिकारी वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले नारायणी अस्पतालकाे पक्षमा आएकाे सर्वाेच्च अदालतकाे फैसला सम्पूर्ण वीरगन्जबासीकाे लागि खुशीकाे विषय भएको बताए।उनले भने,`हाम्राे संघर्षमा साथ दिने र सहयाेग गर्ने सबै धन्यवादका पात्र छन्।´उनले अब अस्पतालकाे भवन निर्माणका लागि सरकारलाई सबैले आ-आफ्नोतर्फबाट दबाब र खबरदारी गर्न सुरु गर्नुपर्छ।´
दीप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका नेता शम्भु गुप्ता, अधिवक्ता पन्नालाल गुप्ता,नारायणी अस्पतालका डा.दीपक चाैरसिया,नेविसंघ पर्साका सभापति रमेश यादव,कांग्रेस युवा नेता बाबुनन्द पटेल,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाई,पर्सा अभिभावक संघका अध्यक्ष सन्दीप साह,पत्रकार कन्हैया पटेल
लगायतकाकाे सहभागिता थियाे।




















प्रतिक्रिया