अभिलाष गुप्ता
माघ २९ बिरगंज
Advertisement
जनमतपार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत आज पर्सा जिल्ला बिन्दवासिनी गापा वडा न.३ झौवा र वीरगन्ज वा नम्बर -२१ परवानीपुरमा १६ औं र १७ औं शिविर सम्पन्न भएको छ । आज झौवाको शिविरमा ३५४ जना लाभान्वित भएका छन् भने १२० जनामा मोतियाबिन्द भेटिएको छ। त्यसैगरी परवानीपुरमा सम्पन्न शिविरमा ६१ जनाले चेकजाँच गराउदा १९ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी गराए । मोतियाबिन्दु भएकाकोहरुको शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।
बिन्दवसिनिको कार्यक्रम पालिका अध्यक्ष ललन(बिनोद) चौरसियाको अध्यक्षतामा र परवानीपुरको कार्यक्रम वडा नम्बर -२२ का इकाई अध्यक्ष बिष्णु कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,नेताहरू सुजित चौरसिया,रामबाबु चौरसिया, महेश चौरसिया, युवा नेताहरु उदय यादव ,संजय सिह, लोकेश कर्णे लगायतको सक्रिय सहभागीता रहेको थियो।
Advertisement
हाम्रो अभियानबाट अहिले सम्म २२ सय ६० भन्दा बढी जन समुदाय लाभान्वित भएका छन भने ५५६ भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष सरार्फले उल्लेख गरे । यो अभियान पर्साको गाउँ देखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए।




















प्रतिक्रिया