अभिलाष गुप्ता
माघ २९ बिरगंज
Advertisement
बिरगंज महानगरपालिका अन्तर्गत मा.वि. तहका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा साचो जीवन निर्माण सम्बन्धी मोटीभेशन कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको छ।भने कार्यक्रमको उद्घाटन पनि नगर प्रमुख मेयर राजेशमान सिंहले गरेका थिए। सो पहिलो कार्यक्रम बिरगंज महानगरपालिका बिर्ता स्थित श्री त्रीजुद्ध महाबिर प्रसाद रघुबिर माध्यमिक बिधालयबाट सुरु गरिएको हो। उक्त कार्यक्रममा यस स्कुलका प्र.अ. नवीन मिश्राको विशेष उपस्थिति रहेको थियोे ।
एलाइड युथ सोसाईटीका अध्यक्ष ओम कुमार झा,पीयूष गुप्ता,सन्दीप यादव लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
प्रमुख अतिथीका भनाई अनुसार अबको आउने दिनमा यस वीरगंज महानगरपालिका अन्तर्गत मा.वि. तहका सामुदायिक विद्यालयहरुलाई “साचो जीवन निर्माण सम्बन्धी” मोटीभेशन कार्यक्रम वीरगंजका युवा उत्प्रेरक देवेश प्रसाद गुप्ता मानवसेवा द्वारा हुने भएकोले सो कार्यक्रममा मा.वि. तहका विद्यार्थीहरुलाई सहभागी गराई सहयोग गर्नुहुन अनुरोध समेत गरेका थिए।
Advertisement
बिरगंज महानगरपालिका अन्तरगत सामुदायिक बिद्यालयहरु (मा.बि.तह) मा बिरगंज महानगरपालिकाको आयोजना र एलाइड युथ सोसाइटीको सहयोगमा मोटीभेशनल कार्यक्रम सुरु भएको हो। उक्त कार्यक्रममा शिक्षक,शिक्षिका,विद्यार्थी वर्ग लगाएतकाहरुको उल्लेखनीय उपस्तिथि रहेको थियोे।




















प्रतिक्रिया