जुनियर ग्रेडिङ्गको प्रमाण-पत्र एवम् बेल्ट बितरण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
माघ ३० बिरगंज

Advertisement

बिरगंज महानगरपालिका भगवती टाेल वडा नं ३ मा संचालन रहेको सफल तेक्वान्दो डोजाङका खेलाडीहरु लाई आज एक कार्यक्रमको आयोजना गरि जुनियर ग्रेडिङ्गको प्रमाण-पत्र एवम् बेल्ट बितरण गरियो

उक्त कार्यक्रमको मुख्य अतिथि समाजसेवी प्रकाश उपाध्यायको आतिथ्यमा सम्पन्न भएको छ। प्रमुख अतिथी प्रकाश उपाध्याय द्वारा स-साना बालबालिका एवम् जुनियर ग्रेडिङ्गको प्रमाण-पत्र एवम् बेल्ट बितरण गरिएको थियोे ।सम्पूर्ण बेल्ट प्रोमोटेड हुनुहुने खेलाडीहरुलाई हार्दिक बधाई तथा उज्योल भबिस्यको हार्दिक शुभकामना व्यक्त गरेका थिए।

Advertisement

विशिष्ट अतिथीमा आमाको माया छात्रवास बिरगंजका अध्यक्ष भवर लाल पारिख,वडा नम्बर ४ का वडासदस्य शर्मा गोसाई, मुनलाईट स्कुलका संस्थापक श्याम केसी,बिरगंज कपडा बैंक का अध्यक्ष लालबाबू सिंह,सन्चारकर्मी अभिलाष गुप्ता, समाजसेवी राम साह,समीर हवारी,सेख अफरोज लगाएतकाहरुको उपस्थिति रहेको थियोे।

सफल तेक्वान्दो डोजाङका संचालक महम्मद ओसामा हवारीको अध्यक्षतामा सम्पन्न भएको हो। हाल सफल तेक्वान्दो डोजाङमा ४० जना स-साना विद्यार्थी भाई बहिनी खेलाडीहरु प्रशिक्षण लिईरहेका छन। उक्त कार्यक्रम सहजीकरण नाजिया हसन सिद्धिकीले गरेकी थिईन।

Advertisement