अभिलाष गुप्ता
माघ ३० बिरगंज
Advertisement
आज सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा ७६ थान चाईनिज साइकल बितरण कार्यक्रम सम्पन्न गरेको छ।बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित श्री तारा चन्द्र किशनलाई आधारभुत बिधालय छ्पकैयामा जेहेन्दार तथा गरिब बालबालिकाहरुको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतकार्यक्रममा
मुख्य अतिथी बिरगंज महानगरपालिका वडा नम्बर २ का अध्यक्ष म.रेयाज मिया, प्रविण विक्रम शाह,प्रेम कुमारी सिंह,अब्दुल कैश मिया,अजित कुमार भुजेल लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको अध्यक्ष गयासुदिन ठकुराई र बिधालयका अध्यक्ष लालबाबू प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो।
Advertisement
श्री तारा चन्द्र किशनलाई आधारभुत बिधालय छ्पकैया
बिधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि उक्त साइकल बितरण कार्यक्रम गरेको थियो।
अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।चाईना फाउन्डेसन फल रुलर डेभलपमेन्टले आयोजना गरेको ७६ थान चाइनिज साइकल यस बिधालयमा पढ्ने छात्र छात्राहरुलाई साइकल वितरण गरिएको हो।
Advertisement
अध्यक्ष गयासुदिन ठकुराईका अनुसार छात्र छात्राहरु लाई घर जान आउन कठिना भएको बिद्यार्थीहरु लाई सहज होस भन्ने उदेश्यको साथ साईकल बितरण भएको हो।
अन्तर्राष्ट्रिय साइकल प्रोजेक्टका अनुसार नेपाल देशमा नेपाली विद्यार्थीहरुको लागि १ हजार नया चाइनिज मयालु साइकलहरु वितरण गर्ने कार्यक्रम रहेको सोही कर्ममा आज ७६ थान विद्यार्थीहरु लाई चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रममा शिक्षक,शिक्षिका एवम् विद्यार्थीहरु, पत्रकारको विशेष उपस्थितिमा सम्पन्न भएको हो।




















प्रतिक्रिया