देवताल गा.पाको रौवाहिमा निसुल्क आँखा शिविर सम्पन्न

नागरिक सम्वादाता,माघ ३० । किरण आँखा अस्पतालको आयोजनामा बाराको देवताल गाउँपालिकाको रौवाहिमा निसुल्क आँखा शिविर सम्पन्न भएको छ । वार्ड नम्बर ६ रौवाहीमा भएको आँखा शिविरमा १४० जनाको आँखा परिक्षण भएको किरण अस्पतालको आरती गुप्ताले जानकारी दिनु भयो । सो मध्य ३८ जनामा मोतिया बिनदु फेला परेको छ ।सबैको शल्यक्रिया किरण आँखा अस्पतालमा हुने गुप्ताले बताउनु भयो । शिविरमा अस्पतालको तर्फ बाट प्राविधिक ज्योती कर्ण, रामबाबु चौरसीयालगायतको उपस्तिथि रहेको थियो ।

Advertisement