अभिलाष गुप्ता
माघ ३० बिरगंज
Advertisement
मानवसेवा आश्रममा रहेका आश्रित आमाबुवाहरुलाई बेल्काको भोजन गराइएकाे बिरगंज मानवसेवा आश्रमका प्रमुख मुना मगरले जानकारी दिए। उक्त कार्यक्रममा प्रमुख अतिथी एस.पी. गौतम मिश्रको आतिथ्यमा सम्पन्न भएको हो।
प्रमुख अतिथीका भनाई अनुसार
” मानवको सेवा नै जिवनको सर्बोत्तम कार्य हो ” भन्ने मुल उदेश्यका साथ आश्रममम सहयोग गरिएको हो आउने दिनमा पनि मानव सेवा आश्रमसंग जिल्ला प्रहरी कार्यालयले सहकार्य गरेर अन्य सामाजिक कार्यहरु गर्ने उनले बताए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पी. गौतम मिश्र,आश्रमका अभिभावक प्रकाश थारु,सन्चारकर्मी अभिलाष गुप्ता, समाजसेवी युवाहरु, ओम कुमार झा, पियुष गुप्ता, पवन गुप्ता, प्रधुमन सर्राफ लगाएतकाहरुको उपस्थिति रहेको थियो ।
Advertisement
आफ्नो मन्तव्य राख्नु हुदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पी. गौतम मिश्रले आउने दिनमा जिल्ला प्रहरी कार्यालय बाट साथै व्यक्तिगत तर्फ बटा पनि मानवसेवा आश्रमलाई सधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यस कार्यक्रमको योजना बनाउनु हुने मानवसेवा आश्रम बिरगंजका संस्थापक देवेश प्रसाद एवं यस मानवसेवा बिरगंजका प्रमुख मुना पुलामि मगरलाइ बिशेष आभार र धन्यवाद व्यक्त गरेका थिए।




















प्रतिक्रिया