अभिलाष गुप्ता
माघ ३० बिरगंज
Advertisement
आज बिरगंज छपकैया स्थित ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंज द्वारा स्नेह मिलन तथा आन्तरिक शान्ति एवं सामाजिक सदभाव कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका श्रेत्रिय संचालिका ब्रहमाकुमारी रबिना दिदिको अध्यक्षतामा एवम् यस छपकैया ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका प्रमुख ब्रहमाकुमारी बेलि दिदिको विशेष उपस्थितिमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा स्वागत मन्तव्य ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका प्रमुख ब्रहमाकुमारी बेलि दिदिले गरेकी थिईन।
सो कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशान कार्यालय पर्साका प्रमुख गणेश अर्यालको आतिथ्यमा सम्पन्न भएको छ भने विशिष्ट अतिथिमा बिरगंज उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरी गौतम, रिलिफ सोसाइटी बिरगंजका अध्यक्ष सुरेश रुङटा, सस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमाल,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पी. गौतम मिश्र लगाएतका विशिष्ट ब्यक्तीहरुको उपस्थितिमा सम्पन्न भएको छ।
Advertisement
उक्त कार्यक्रममा आज बिहान बाट नै बिश्वको शान्तिको कामना गर्दै योग साधना दिन भरी गरिएको छ। आजको दिन लाई सन्सार भरी नै यो संस्थाको करिब ९ हजार शाखाहरुले बिश्व शान्ति दिवसको रुपमा मनाउदै छ। १४५ देशहरुमा एकै साथ मनाउदै आएको यस संस्थाका ब्रहमाकुमार गोकुल गुबाजु ले जानकारी गराएका थिए।
सो कार्यक्रममा समाजसेवी प्रकाश थारु,प्रकाश उपाध्याय,श्रवनबहादुर रायमाझी,लालबाबु सिंह,डा.जितेन्द्र आस्वानी,अभिलाष गुप्ता,युबराज खडका,धुर्ब साह लगाएतकाहरुको पनि उपस्थिति रहेको थियोे।
Advertisement
यो संस्था केवल धार्मिक संस्था होईन नारी द्वारा संचालित बिश्वको सबै भन्दा ठुलो आधयात्मिक एवम् शैक्षिक संस्था हो। यस संस्था लाई सन्युक्त राजयसंघले ७ वटा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति दुत पुरस्कारले पुरस्कृत गरेको छ। आजको दिनको बारेमा यस संस्थाका ब्रहमाकुमार गोकुल गुबाजुले प्रकाश पारेका थिए भने आजको कार्यक्रम सन्चालन यस संस्थाका ब्रहमाकुमार गोकुल गुबाजुले गरेका थिए।




















प्रतिक्रिया