सबैलाई सत्मार्गमा अघि बढ्न प्रेरित मिलोस – नेता शिव कुमार साह

नागरिक सम्वादाता,माघ ३० ।

सन्त शिरोमणी गुरु रविदासको ६४८ औं जन्म जयन्ती समारोह सम्पन्न भएको छ । कार्यक्रम सखुवा प्रसौनी गाउँपालिका २ प्रसौनीमा भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र पर्साको नेता शिवकुमार साह तेलिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
उक्त अवसरमा प्रमुख अतिथि नेता शिवकुमार साह तेलिले गुरु रविदासजीको अमूल्य उपदेशहरू समानता, प्रेम, भाईचारा, तथा सत्यको मार्ग हामी सबैलाई सत्मार्गमा अघि बढ्न प्रेरित मिलोस भनि सबैमा मंगलमय शुभकामना व्यक्त गर्नु भयो । कामना सहित उहाँको दिव्य शिक्षाले हाम्रो समाजमा एकता, सद्भाव र आत्मज्ञानको प्रकाश फैलाओस् कामना पनि गर्नु भयो । सो कार्यक्रम स्थानिय प्रमानन्द रामको अध्यक्षतामा सम्पन्न भयो ।

Advertisement

 

Advertisement