बिरगंजका दुई जना विद्यार्थी द्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ निःशुल्क शिक्षा प्रदान

 

अभिलाष गुप्ता
फागुन ०१ बिरगंज

Advertisement

बिरगंजका दुई जना विद्यार्थी द्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ निःशुल्क शिक्षा प्रदान गर्दै।क्लास १० मा सँगै पढेका दुई साथी गुनगुन सहनी (हाल डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत) र अर्का आकाश गुप्ता (हाल बीबीएस प्रथम वर्ष अध्ययनरत) ले आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिकाहरुलाई बिरगंज महानगरपालिका गहवा मन्दिर अगाडिको पार्कमा बिगत १० दिन देखि निःशुल्क शिक्षा प्रदान गरिरहेका छन्। उनिहरुले आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिकाहरुलाई शिक्षाप्रति आकर्षण गर्न कपी, कलम तथा चक्लेहरु दिएर लोभ्याएर भय पनि निःशुल्क शिक्षा प्रदान गरिरहेका छन।

“तपाईंले संसारमा देख्न चाहने परिवर्तन आफैं बन्नुहोस्” भन्ने सिद्धान्तमा विश्वास राख्दै, यी युवाहरू शिक्षामार्फत समाजमा सकारात्मक प्रभाव पार्न चाहन्छन्। विद्यालय जान नसकेका बालबालिकालाई आधारभूत शिक्षा प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको बाटो खोल्ने प्रयास गरिरहेका छन्।
स्थानीय समुदायले उनीहरूको प्रयासलाई उच्च सम्मान गर्दै सहयोगका लागि आह्वान गरिरहेका छन्। आम जनमानसले यस्तो कार्यलाई सराहनीय गरेका छन। उनिहरुले दैनीक ४:३० बजे देखि ६ बजे सम्म निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको जानकारी गराएका थिए।

Advertisement