
Advertisement
गौतम स्कुलको ४८औं वार्षिकोत्सवको अवसरमा आयोजित
वाल-बालिकाहरुको लागि खेलकुद प्रतियोगिताको
बिहिवार उद्घाटन समारोह सम्पन्न भएको छ। उद्घाटन
समारोहको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका श्रीपुरका वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरीको आतिथ्यमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा विशिष्ट अतिथीमा गौतम स्कुलका सन्चालक सोनम लामा,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,दिपा गिरी, सन्जु योन्जन,शिव गुप्ता,हरी ठाकुर एवं विभिन्न मिडिया बाट आएका सन्चारकर्मिहरु,विभिन्न बिधालयका शिक्षकहरु एवम् विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।उक्त कार्यक्रम परिक्षापिया लामाको अध्यक्षतामा सम्पन्न भएको थियो।
आज पहिलो दिन कक्षा नर्सरी देखि कक्षा २ सम्मका ५४ ओटा खेलमा करिब ८ सय विद्यार्थीहरुको सहभागीता रहेको थियोे।
आज विभिन्न खेल मद्धे बनाना रेस,५० मिटर रेस,पास द बल इत्यादि खेलहरु खेलाईएको थियोे। भोलि पनि कक्षा ३ देखि कक्षा ९ सम्मका ४० ओटा खेल खेलाइने आयोजकले जानकारी गराएका थिए।
Advertisement
आजको ५० मिटर रेस खेलमा प्रथम हब्बी परिशभ,दितिय सौरभ यादव, तृतीय रचित गुप्ता बिजेता भएका थिए।
आजको अङ्गुर रेस खेलमा प्रथम आदित्य रौनियार,दितिय पीयूष पटेल, तृतीय अभिनय सिंह बिजेता भएका थिए।
Advertisement
आजको एल.के.जी. जुँगा दौड खेलमा प्रथम रबिया राफत र बृज मोहन झा,दितिय अन्न्या यादव र निखिल पटेल, तृतीय जिज्ञासा् पौडेल र नैतिक सिंह बिजेता भएका थिए।
आजको गणित दौड खेलमा प्रथम धर्मेश चौधरी ,दितिय इसार्भी जैसवाल, तृतीय तरुण चौरसिया बिजेता भएका थिए।
आजको खेलमा प्रथम,दितिय,तृतीय आउने विद्यार्थीहरु लाई अतिथि द्वारा मेडल प्रदान गरिएको थियोे।
वार्षिकोत्सवको अवसरमा आयोजित यस प्रतियोगिताले बालबालिकाहरूमा खेलकुदप्रतिको रुचि बढाउन योगदान पु-याएको आयोजकको भनाइ छ। गौतम स्कुलले आगामी दिनमा यस्ता प्रतियोगिता थप व्यवस्थित र व्यापक रूपमा आयोजना गरिने जनाएको छ। शिक्षा संगै अतिरिक्त क्षेत्रमा राम्रो योगदान पुराउने काम गरेकोमा धन्यवाद दिनुभएको थियो । उहाँले भने अब हरेक बिधालयले यस्ता अतिरिक्त क्रियाकलापहरु गर्न सुझाव दिनुभएको हो ।विद्यार्थीहरु चौतर्फी विकास गर्न अति आवश्यकता रहेको र खेल जहिले पनि जित्ने उदेश्यले खेल्नुपर्ने बताएका छन् ।
निजी बिधालयले शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापहरुमा निकै सक्रियताका लागि परेकोमा अहिले खेल क्षेत्र बाट पनि आफ्नो पहिचान बनाउन र स्वास्थ्य शारीरिक हुने भएकोले खेल जिवनको महत्त्वपूर्ण रहेको प्रमुख अतिथी गिरीको भनाइ रहेको छ।
आजको कार्यक्रम गणेश श्रेत्री,रमेश शर्मा,ललित कर्ण,एल्भिन रेन्जर लगाएतकाहरु पनि उपस्थित थिए। आजको कार्यक्रम सन्चालन गौतम स्कुलका ब्यवस्थापन संकायका सदस्य सौरज प्रधानले गरेका थिए।




















प्रतिक्रिया