अभिलाष गुप्ता
फागुन ०१ बिरगंज
Advertisement
हेटौंडामा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ । हेटौँडा वडा नम्बर १५ बाट दुई वटा मोटरसाइकलमा आएका ४ जनालाई ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा हेटौँडा ८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षका भीमसेन पाण्डे, हेटौँडा ७ का २७ वर्षीय मन्जित गौतम र हेटौँडा ५ का २० वर्षका साकार ढुंगेल रहेका छन् ।
शंकाको आधारमा उनीहरूको शरीर तथा मोटरसाइकल खानतलासीको क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाएर ल्याएको अवस्थाको खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ ।
Advertisement
बिरगंजबाट हेटौँडातर्फ जाँदै गरेको गरेको प्र.२–०३–०२१ प ६३०८ नम्बर र बा.प्र.०३–००५ प ९६६६ नम्बरको मोटरसाइकल चेकिङको क्रममा ४ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।




















प्रतिक्रिया