अभिलाष गुप्ता
फागुन ०१ बिरगंज
Advertisement
राष्ट्रिय मुक्ति पार्टी नेपाल द्वारा पर्साकाे पाेखरिया नगरपालिकामा धर्ना दिएको छ।राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य निजामुदिन समानी नेतृत्वको टाेलीले बिहीबार नगरपालिका कार्यालय अगाडि १ घण्टा धर्ना दिएकाे हाे।
गत कार्तिक ५ गते नगरपालिकामा बुझाइएको ज्ञापनपत्रमा बुझाइएको ७ बुँदे माग पूरा गर्न कुनै चासाे नदेखाएकाे भन्दै उक्त पार्टीका नेताकार्यकर्ताले १ घण्टा धर्ना दिएका थिए।
Advertisement
बढाइएको सम्पत्ति कर फिर्ता गर्नुपर्ने,कर्मचारीलाई समयमै तलब दिनुपर्ने,काम पूरा गरिसकेका ठेकेदारलाई समयमै भुक्तानी दिनुपर्ने,मधेस आन्दाेलनका सहिद बीरबल मुखिया र चन्दन पटेलकाे नाममा सहिद पार्क निर्माण गर्नुपर्ने लगायतका माग आँफुहरुकाे रहेकाे पार्टीका केन्द्रीय सदस्य समानीले बताए ।उनका अनुसार धर्ना कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला संयोजक राजेश साह, युवा नेता दिव्य प्रकाश चतुर्वेदी लगायतकाकाे पनि उपस्थिति रहेको थियो।




















प्रतिक्रिया