Mathematical Association of Nepal (MAN) पर्सा द्वारा जिल्ला स्तरीय गणित ओलम्पियाड सम्पन्न

 

अभिलाष गुप्ता
फागुन ०१ बिरगंज

Advertisement

Mathematical Association of Nepal (MAN) पर्सा द्वारा जिल्ला स्तरीय गणित ओलम्पियाड सम्पन्न गरेको छ। उक्त कार्यक्रमका संयोजक राम बाबू बैठा एवम् पर्यवेक्षक अभिनिश पाण्डे तथा अर्का पर्यवेक्षक हरेन्द्र कुशवाहाको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे। सो कार्यक्रम बिरगंज महानगरपालिका बिर्ता स्थित श्री त्रिजुद्ध महाबिर प्रसाद रघुबिर माध्यमिक बिधालय भएको थियोे।

उक्त कार्यक्रममा बिरगंज महानगरपालिकाका विभिन्न १२ वटा बिधालयका करिब ५३ जना विद्यार्थी भाईबहिनिहरुको सहभागिता रहेको थियोे।सो Mathematical Association of Nepal ( MAN) पर्साले District Level Mathematical Olympiad ( DMO -2024/025) मा भएको Olympiad परिक्षाको नतिजा ५३ जना सहभागीहरुमा 20 जना “Qualify for PMO -2081 ” भएका थिए।

Advertisement

जस मधे बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित काव्या एकेडेमीकी श्रेया कुशवाहाले PMO-2081 ( गणित ओलम्पियाड) को लागि उत्कृष्ट २६ अंक सहित छनोट हुन सफल भएकी छिन्।

पर्यवेक्षक हरेन्द्र कुशवाहाका अनुसार उनको मेहनत, लगनशीलता, र सिकाइप्रतिको उत्साहले ठूलो उपलब्धि हासिल गरेको छ। अबको प्रतिस्पर्धामा पनि उनी अझै चम्किनेछिन् भन्ने विश्वास व्यक्त गरेका थिए।

Advertisement