अभिलाष गुप्ता
फागुन ०२ बिरगंज
Advertisement
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले यस बर्षको गोतामे पत्रकारीता स्वर्ण पदक दार्चुलाका पत्रकार मनोज बडुलाई प्रदान गरेको छ । पत्रकार मनोज बढु हाल कान्तिपुर दैनिक दार्चुलाका प्रतिनीधि हुन।गोपालचन्द्र गौतम प्रतिष्ठान द्वारा शुक्रवार वीरगंज महानगरपालिका स्थित ज्येष्ठ नागरिक पार्क लक्षमनवामा एक कार्यक्रमको आयोजना गरि प्रदान गरीएक हो।उक्त आयोजीत कार्यक्रमका मुख्यअतिथी संविधान सभा सदस्य अनिल कुमार रुङ्गटाको आतिथ्यमा सम्पन्न भएको हो।प्रमुख अतिथी रुङ्गटाले सम्मानपत्रका साथै एक तोला सुनको पदक पनि पत्रकार मनोज बडुलाई प्रदान गरेका थिए।
उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा सम्पन्न भएको थियोे भने नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रतिष्ठानका उपाध्यक्ष चन्दकिशोर, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष श्याम पोखरेललगायतले मन्तव्य व्यत्त गरेका थिए । उक्त कार्यक्रममा स्व. गोपालचन्द गौतमकी श्रीमति शुधा गौतम, छोरा हिमालचन्द गौतम लगायतकोहरुको पनि उपस्थिति रहेको थियो ।
Advertisement
मुख्य अतिथी रुङ्गटाका भनाई अनुसार पत्रकारिता समाजको दर्पण भएकाले आवाज विहिनको आवाज बनेर कार्य गर्ने एवम् समाजलाई सहि दिशा देखाउने कार्यमा महत्वपुणै भूमिका निर्वाह गरिरहेको बताएका थिए । राजनीतिज्ञ तथा समाजसेवी एवं व्यावासायी समेत रहेका रुंगटाले प्रतिष्ठानले गर्दै आएको कामको प्रसंसा समेत गरेका थिए। आवश्यक परे म जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा सम्मानित पत्रकार बढुले आफुलाई गरिएको सम्मान सम्पुर्ण अभावग्रस्त क्षेत्रमा कृयाशिल सञ्चारकर्मीहरूको सम्मान भएको बताए।
सो कार्यक्रममा बिरगंजका ज्येष्ठ नागरिक,समाजसेवी,नागरिक समाज,संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रम प्रतिष्ठानका सदस्य गोविन्द प्रताप श्रेष्ठले सहजीकरण गरेका थिए।




















प्रतिक्रिया