अभिलाष गुप्ता
फाल्गुन ०२ बिरगंज
Advertisement
जनमतपार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत हिजो र आज गरि तीन वटा शिविर सम्पन्न भएको छ। कालिकामाई गाउँपालिका वडा नम्बर -३, धोबिनी गाउँपालिका वडा नम्बर -२ र वीरगन्ज वडा नम्बर -२२ मा गरि तीन वटा शिविर सम्पन्न भएको छ । यो तीन वटा शिविरहरुमा ३१५ जना लाभान्वित भएका छन् भने १०३ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी गराए ।
मोतियाबिन्दु भएकाकोहरुको शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए । कार्यक्रमहरुमा नेताहरू गौरीशंकर गुप्ता, प्रदीप साह, अनिता रौनियार ,नजमा खातुन , अमरनाथ सिह राठौर,अमिरखा कुर्मी रामरतन राम ,रुक्साना खातुन लगायतको सक्रिय सहभागीता रहेको थियो ।
Advertisement
हाम्रो अभियानबाट अहिले सम्म २५ सय ७५ भन्दा बढी जन समुदाय लाभान्वित भएका छन भने ६०४ भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष सरार्फले उल्लेख गरे ।यो अभियान पर्साको गाउँ देखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए।




















प्रतिक्रिया