अभिलाष गुप्ता
फागुन ०२ बिरगंज
Advertisement
जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।बिरगंज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे बाटोबाट एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास भट्टले जानकारी दिए ।
उनकाअनुसार अस्थायी प्रहरी पोष्ट ईनर्वा गाउँबाट खटिएको नियमित चेकिङ् टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा चरेश बरामद गरेको हो ।
Advertisement
सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवन गोठ बस्ने ४५ वर्षीय सुधिर कर्णले बोकेको रातो रंगको डिब्बामाथि खाने घ्यू राखि रातो प्लाष्टिकमा सानो सानो पोकामा ग्यालेनभित्र लुकाई राखिएको चरेश जस्तो देखिने पदार्थ डिब्बासहित १२ किलो फेला परेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
बरामद लागुऔषधसहित कर्णलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास भट्टले जानकारी गराएका हुन।




















प्रतिक्रिया