अभिलाष गुप्ता
फागुन ०२ बिरगंज
Advertisement
बारा जिल्लाको कलैयामा पनि निशुल्क कपडा बैंक सञ्चालनमा आएको छ । ग्रामीण उत्थान अभियान कलैयाद्वारा निशुल्क कपडा बैंक स्थापना गरिएको हो ।
सो कपडा बैंकले लत्ताकपडा खरिद गर्न नसक्ने गरिब,असहाय ,बिपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यका साथ यो निशुल्क कपडा बैंकको स्थापना गरिएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले जानकारी गराएका हुन।
Advertisement
कपडा बैंककी संस्थापक अध्यक्ष माधुरी गिरीका अनुसार
गरिब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको बताए ।निःशुल्क कपडा बैंकमा खासगरी असहाय, गरिब, विपन्न, एकल, दलित, पिछडिएको र मजदुर वर्गका व्यक्तिले लाभ लिएको देखेर आफू उत्साहित भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारिको भनाइ छ।
उनले यसलाई निरन्तर दिन एउटा कार्यविधि बनाएर अगाडि बढ्न सुझाव दिँदै आफ्नो साथ रहने समेत बताए ।




















प्रतिक्रिया