प्याब्सन प्रथम अन्तर विद्यालय महिला क्रिकेट र १२ बर्षमुनीको पुरुष क्रिकेट भोलीदेखि हुने

 

अभिलाष गुप्ता
फागुन ०२ बिरगंज

Advertisement

बिरगंजमा भोलीदेखि प्रथम प्याब्सन अन्तर विद्यालय महिला क्रिकेट टुर्नामेण्ट तथा १२ बर्ष मुनीको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ।

प्याब्सन महानगर कमिटिले आज वीरगन्जको होटल भिस्वामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता हुने जानकारी दिएको हो। प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भोलीदेखि शुरु हुने प्रथम संस्करणको अन्तर विद्यालय महिला क्रिकेटमा २१ विद्यालय र १२ बर्षमुनीको अन्तर विद्यालय पुरुष क्रिकेट प्रतियोगितामा २० वटा विद्यालयले सहभागिता जनाउने जानकारी गराएको थियो ।

Advertisement

प्याब्सन अध्यक्ष श्रीवास्तवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान, निवर्तमान महानगर अध्यक्ष आलोक चौरसिया, पूर्व सचिव सन्नी पाख्रिन लगायत विभिन्न विद्यालयका संस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्याब्सन महानगर सचिव अमित आलोकले गर्नुभएको थियो ।

Advertisement