अभिलाष गुप्ता
फागुन ०३ बिरगंज
Advertisement
एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ बीरगंज द्वारा राईट फर राईटको आज घन्टाघरमा एक कार्यक्रमको आयोजना गरि सु-सम्पन्न गरिएको छ। उक्त कार्यक्रम मानवअधिकार परिवेक्षक रजनिश झाको अध्यक्षतामा सम्पन्न भएको हो।सो कार्यक्रममा पत्रकार युबराज खडका,अभिलाष गुप्ता,एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ बीरगंजका पुर्ब संयोजक राजेश बोथरा,सुरेश पारिक,मन्नु यादव,सुनिल महतो लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियो।
यस कार्यक्रममा बिश्वब्यापी ६ वटा मानव अधिकार पीडित ब्यक्तिहरु जो सरकार बाट पीडित छ्न। उनिहरु प्रति सद्भभाव राख्दै नेपाल ब्यापी सिग्नेचर कैपैन गरि उक्त पीडित ब्यक्तीहरु लाई न्याय दिलाउन तथा थुना मुक्त गराउन सरकार संग दवाव दिन यो अभियान चलाईएको छ। उक्त अभियान बिगत १ महिना देखि चलिआई आज समापन भएको आयोजकले जानकारी गराएका थिए।
Advertisement
उक्त सिग्नेचर अभियानमा आज सम्म १२ सय जनाहरुले आफ्नो सिग्नेचर गरेका थिए।आजको कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष राजेश जैन बोथरा मानवअधिकार शिक्षा प्रशिक्षक श्री रजनीश झा सञ्चालक समितिका सदस्य सुनिल महतो एवम् शिक्षक विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा एमनेष्टी का पुर्व अध्यक्ष राजेश जैन बोथरा ले स्वागत मन्तव्य राख्दै एमनेष्टी को ईतिहास को बारेमा मनतव्य राख्नु भएको थियो।मानवअधिकार शिक्षा प्रशिक्षक रजनीश झाले मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र तथा मौलिक अधिकारको बारे मा आफ्नो विचार राख्दै एमनेष्टी ईन्टरनेशनलको भुमिका बारे आफ्नोे मनतव्य राख्नु भएको थियो।




















प्रतिक्रिया