अभिलाष गुप्ता
फागुन ०३ बिरगंज
Advertisement
बिरगंज कुम्हालटोल टोल सुधार समाज बिरगंज द्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी आज शनिबारको दिन ६ औं महिने निशुल्क भोजन शिविर सम्पन्न गरिएको छ । आजको निशुल्क भोजन शिविरमा आयोजक द्वारा रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब असहाय दलित निमुखाहरुको लागि निशुल्क भोजन गराएको हो।उक्त निशुल्क भोजन शिविर कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको हो भने उपाध्यक्ष अशोक गुप्ता,सचिव हेमन्त शाक्य,कोषाध्यक्ष बैधनाथ साह,सहसचिव रितेश गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी ,सल्लाहकार सदस्यहरु समाजसेवीहरु ,गोबिन्द ताम्रकार लगायत स्थानिय अग्रज ,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितीका सहसचिव रितेश गुप्ताले जानकारी गराएका थिए।उनले भने सबै समाज एवम् दाताहरुको सहयोग रहेमा प्रत्येक महिनाको शनिबार मात्र नभएर प्रत्येक १५ दिनमा आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तैयारी अवस्थामा रहेको जनाएका थिए ।
अर्का समाजसेवी एवम् सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले सम्पुर्ण टोलवासि लाई सेवामा सहयोग गर्न आग्रह समेत गरेका थिए ।आजको निशुल्क भोजन शिविर सेवामा १ बोरा चामलको भात ,दाल ,आलु कोभीको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियोे ।अर्का कुम्हालटाेलका युवा नेता पवन सरार्फका अनुसार आज मैले पनि यहाँ पकाईएको खाना खाईयो यहाँ पकाईएको खाना घरमा पकाईएको जस्तै स्वादिलो एवम् पोसिलो हुने गरेको कुम्हालटाेलका युवा नेता पवन सरार्फले बताएका थिए। सो निशुल्क भोजन शिविर कार्यक्रममा आर्थिक एवम् जिन्सी सहयोग गर्ने छु भनी प्रतिबद्धता जाहेर समेत गरेका थिए र अरु लाई पनि यस्तो पुण्यको कार्यमा सहयोग गर्न आग्रह समेत गरेका थिए । उक्त कार्यक्रममा गरिब तथा असहायहरुको बाक्लो उपस्थिति रहेको थियोे।
Advertisement
No popular posts found.











प्रतिक्रिया