श्याम रौनियारको सभापतिमा जितको आशाले तात्यो स्वाबियु निर्वाचन

आज बिरगंज महानगरपालिका स्थित बिरगंजको जेठाे ठाकुर राम बहुमुखी क्याम्पसमा विभिन्न संघ संगठन तथा विभिन्न पार्टीको प्रतिनिधिहरुसंग एवम् ठाकुर राम बहुमुखी क्याम्पसका विद्यार्थीहरु संग आगामी त्रि.वि. को स्ववियु निर्वाचनमा ठाकुर राम बहुमुखी क्याम्पसमा सभापति पदको लागि योगय उम्मेद्वार श्याम रौनियार लाई सभापतिको लागि चयन गरिएको छ।

Advertisement

उक्त छलफलमा विभिन्न संघ संगठन तथा विभिन्न पार्टीको प्रतिनिधिहरुले समर्थन जनाएका छन। समर्थन जनाउनेमा नेकपा एमालेका बिचारी यादव,सोनु पटेल निप्पु साह एवम् जसपाका हरिशङ्कर यादव,राष्ट्रिय बजरंग दल पर्साका विवेक सिन्हा,नितेश पटेल,पप्पु कलवार हरि यादव,राजा गुप्ता तथा राष्ट्रिय बजरंग दल बाराका देव गुप्ता, सूर्य पटेल,धिरज सिंह ,सञ्जीव यादव लगाएतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीयरुपमा उपस्थिति रहेको थियो।

Advertisement