फाल्गुन ०४,एजेन्सी । भारतको राजधानी दिल्लीको नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन्। लोकनायक अस्पताल (एलएनजेपी) का सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएकी छिन्।प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।रेलमन्त्री अश्विनी वैष्णवले नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड भएको बताएका छन्।
Advertisement
No popular posts found.











प्रतिक्रिया