ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर द्वारा अवैध लोकल घरेलु मदिरा नियन्त्रण एवं मदिरा नष्ट

अभिलाष गुप्ता
फल्गुन ०४ बिरगंज

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बिरगंज महानगरपालिका , ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र प्रहरी चौकी आदर्शनगर पर्साको आयोजनामा घरेलु मदिरा नष्ट कार्यक्रमका प्रमुख अतिथि यस ग्रीन सिटी सामुदायिक सेबा केन्द्रका अध्यक्ष जय प्रकास खेतान,प्रहरी चौकी आदर्शनगरका प्रहरी बरिष्ठ हवल्दार सुनिल कुमार चौधरी,बिरगंज महानगरपालिकाको नगर प्रहरी जवान दिपेन्द्र प्रसाद एवम् यस सामुदायिक सेवा केन्द्र बिभिन्न पदाधिकारीहरुको उपस्थितमा बिरगंज महानगरपालिका वडा नं १० र बिरगंज महानगरपालिका वडा नं ३ छपकैया भित्र रहेका ४० वटा भट्टि पसलहरूमा निरिक्षण गर्दा अन्दाजी १५० लिटर घरेलु मदिरा फेला पारी झिकी नष्ट गरिएको छ।

Advertisement

आज आइतबारको दिन ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर द्वारा अवैध लोकल मदिरा नियन्त्रण लिईएको हो।ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकास खेतानको नेतृत्व मा गएको टोलि द्वारा सो अवैध लोकल मदिरा नियन्त्रणमा लिईएको हो।

बिरगंज महानगरपालिका वडा नं १० र बिरगंज महानगरपालिका वडा नं ३ छपकैया भित्र रहेका ४० वटा भट्टि पसलहरू एवम् आसपासको मदिरा पसल एवम् भट्टि बाट नियन्त्रणमा लिईएको हो।

Advertisement

पर्सा प्रहरीले अवैध रूपमा सञ्चालित घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आइरहेको छ। तेहि अभियान अन्तरगत आज यो कार्य गरिएको अध्यक्ष जय प्रकाश खेतानले जानकारी गराएका हुन। उनले भने सामुदायिक प्रहरी सेवाको भूमिका सशक्त बनाउन नागरिक सहभागिता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

आज करिब १ सय ५० लिटर तयारी अवैध लोकल घरेलु मदिरा नियन्त्रणमा लिईएको हो। उक्त अवैध लोकल घरेलु मदिरा नालीमा पोखी नस्ट समेत गरिएको हो।

Advertisement