जनता समाजवादी पार्टी जसपा नेपाल पर्साले आफ्नो कार्यसमिति विस्तार

 

अभिलाष गुप्ता
फल्गुन ०४ बिरगंज

Advertisement

जसपा नेपाल पर्सा जिल्ला कार्यसमितिको सदस्यमा हसमुदीन देवान र अच्छेलाल प्रसाद कहार तथा जसपा नेपाल बिरगंज महानगर समितिको सचिवमा अरमान हवारी लाई मनोनित गरेको छ।

जनता समाजवादी पार्टी जसपा नेपाल पर्साले आफ्नो कार्यसमिति विस्तार गरेको छ। आइतबार सम्पन्न एक कार्यक्रममा तीन जनालाई मनोनयन गरिएको हो ।

Advertisement

जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवका अनुसार कार्यसमितिमा दुई सदस्य र महानगरको सचिवमा एक जनालाई मनोनीत गरिएको छ ।

मनोनीत व्यक्तिहरूलाई जसपा नेपालका वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा टिका, माला र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Advertisement

नयाँ मनोनीत हुनेहरूमा जिल्ला कार्यसमिति सदस्यका रूपमा हसमुद्दिन देवान र अच्छेलाल प्रसाद चयन भएका छन् भने वीरगञ्ज महानगरको सचिव पदमा अरमान हवारी मनोनीत भएको हो।