रोयल एकाडेमी स्कूलको ९ औ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन ०४ बिरगंज

Advertisement

बिरगंज १४ स्थित रोयल एकाडेमी स्कूलको ९ औ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
वार्षिक उत्सव कार्यक्रम स्कूलको आफ्नै भवनमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका पूर्व राज्य मन्त्री यूवा नेता रहबर अन्सारीले कार्यक्रमको सफलताको शुभकामना दिँदै विद्यार्थीहरुलाई शिक्षाको साथ साथै क्षमतावान, सहनशीलता र कार्य गर्नसक्ने विषयको पनि विकास हुन जरुरी रहेको बताए । उनले भने ” देशको विकास नेता र सांसदले गरिरहेका छन् भन्ने मान्यता गलत रहेको, वास्तवमा देशको विकास यी ससाना नानी बाबुहरुले कक्षा कोठामा सिक्दै गरिरहेको बताए। उनले देशको विकास आज यस स्कूलका विद्यार्थीहरुले गरेको प्रदर्शनमा देख्न सकेको बताए ” ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले आफू यस स्कूलको हरेक वार्षिक उत्सव कार्यक्रममा भाग लिंदै गरेको र अरु भन्दा फरक तरिकाले यसको कार्यक्रम हुने गरेको बताए । उनले रोयल एकाडेमी स्कूल वास्तवमा पर्सा जिल्लामा नै उत्कृष्ट स्कूलको रूपमा स्थापित हुँदै गइरहेको बताए ।

Advertisement

यसैगरी कार्यक्रमका विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले विद्यार्थी भाइबहिनीहरुलाई शिक्षाको साथ साथै अनुशासन र सामाजिक दायित्व निर्वाह गर्न सक्ने कुराको पनि सीप सिक्न आग्रह गरे । उनले कम उमेरका विद्यार्थी भाई बहिनीहरू जाँड, रक्सी, चुरोट जस्ता कुलतमा लागेर आफ्ना भविष्य अन्धकारमा लगिरहेको हुनाले यसलाई रोक्न अभिभावकहरुलाई पनि आग्रह गरे ।

कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष विनोद जैसवाल, जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सराफ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम स्कूलका फाउन्डर डाइरेक्टर ओमप्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने शुभकामना मन्तब्य स्कूलका सह – प्रधानाध्यापक सुमन श्रेष्ठले राखेका थिए । सो अवसरमा स्कूलका डाइरेक्टर सबनम श्रेष्ठ लगायत स्कूलका शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकको उत्साह पूर्वक सहभागीता रहेको थियो ।

Advertisement