अभिलाष गुप्ता
फाल्गुन ०४ बिरगंज
Advertisement
बिरगंजमा महानगरपालिका भोलीदेखि शुरू हुन लागेको नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट तथा राज होजियारी जुनियर फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।बिरगंज महानगरपालिका बिर्ता स्थित होटेल बृन्दावनमा आज आइतवार प्याब्सन पर्साले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका लागि सबै तयारी पूर्ण भएको जानकारी दिएको छ।
Advertisement
उक्त पत्रकार सम्मेलनमा बिरगंज प्याब्सन पर्सा अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको हो। उक्त प्रतियोगितामा पर्सा जिल्लाका २७ विद्यालयहरुको सहभागिता रहेको जानकारी दिइएको छ । सो प्रतियोगिता बिरगंजको नारायणी क्रिकेट मैदानमा फागुन ५ गतेदेखि सुरु हुने जानकारी गराएका थिए।सो टी–२० नकआउट क्रिकेटका खेल फागुन १४ गतेसम्म सञ्चालन हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिएका हुन । उनकाअनुसार भोलीदेखि नै विपद् व्यवस्थापन गुल्म वीरगञ्जको खेल मैदानमा सुरु हुने फुटबलका खेलहरू फागुन १० गते समापन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए।
नवौ संस्करणदेखि प्रतियोगितामा कप, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । क्रिकेटतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने फुटबलतर्फ ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ जानकारी गराएका हुन।साथै, उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट डिफेन्डर लगायतका विधामा पनि नगदसहित पुरस्कार वितरण गरिने सचिव संग्रौलाले जानकारी दिए । क्रिकेट र फुटबल दुवैतर्फ प्रतियोगितामा सहभागि ८ सय खेलाडीको २५ हजार रुपैयाँसम्मको सुरक्षा बीमा गरिएको प्याब्सन पर्साका अध्यक्ष चौधरीले बताए ।
Advertisement
उक्त जुनियर फुटबल प्रतियोगितामा पर्सा जिल्लाका २० ओटा विद्यालयहरुको सहभागिता रहने तथा अन्तरविद्यालय टी–२० नकआउट क्रिकेटमा पर्सा जिल्लाका २७ विद्यालयहरुको सहभागिता रहने जानकारी गराएका थिए।
उक्त सम्मेलनमा बिरगंज प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुसिला साह,श्याम केसि,सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदी ठकुराई,विभिन्न स्कुलका प्रीन्सिपल,प्याब्सन पर्साका प्रतिनिधिहरु एवम् विभिन्न मिडियाका सन्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।




















प्रतिक्रिया