
अभिलाष गुप्ता
फाल्गुन ०४ बिरगंज
Advertisement
मनोकामना हेल्पलाईन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।आज आइतबारका दिन बिरगंज महानगरपालिका मिनाबजारमा अवस्थित सहकारी कार्यालय रहेको भवनमा सम्पन्न भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथि यस संस्थाका वरिष्ठ सल्लाहकार श्रवन रुङटाको आतिथ्यमा सम्पन्न भएको थियोे भने विशिष्ट अतिथीमा गुजेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक राजेश साह लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिको प्रस्तुत वार्षिक प्रतिवेदन
एवम् लेखा परिक्षकको प्रतिवेदन सहितको २०८१ अषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण संचालक समितिका सचिव सुरेन्द्र कुमार श्रेष्ठ द्वारा गरिएको थियोे।संस्थाका अध्यक्ष जगत नारायण रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रबन्धक अमरदिप सिक्दरले संस्थाको आय व्यव विवरण प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०८०/०८१ मा शेयर पुजी तर्फ ५० लाख ३९ हजार ७ सयको कारोबार गरेको जानकारी गराए। बचत निक्षेपतर्फ ३१ लाख ६३ हजार ५ सय ९२ रुपैया ८६ पैसा रहेको जानकारी गराएका थिए।त्यस्तै कर्जा लगानीतर्फ १ करोड २८ लाख ९१ ह्जार ३ सय ९८ रुपैया १२ पैसा रहेको तथा ५ लाख ९५ हजार १ सय ३ रुपैया पैसा ९२ नाफा आर्जन गर्न सफल रहेको बताएका थिए। ।उक्त कार्यक्रमको सहजीकरण संस्थाका ब्यबस्थापक अमरदिप सिक्दरले गरेका थिए ।



















प्रतिक्रिया