अभिलाष गुप्ता
फाल्गुन ०४ बिरगंज
किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको परवानीपुर वडा नम्बर १ स्थित गौनाहरीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । निशुल्क आँखा शिविर परवानीपुर वार्ड नम्बर १ गौनाहरीमा भएको हो । उक्त आँखा शिविरमा १०० जनाको आँखा परिक्षण भएको किरण अस्पतालको आरती गुप्ताले जानकारी दिनु भयो । सो मध्य ३८ जनामा मोतिया बिनदु फेला परेको छ ।सबैको शल्यक्रिया किरण आँखा अस्पतालमा हुने गुप्ताले बताउनु भयो । शिविरमा अस्पतालको तर्फ बाट प्राविधिक पुस्पा सर्राफ,कम्लेश कुमार,आर्ती गुप्ता, रामबाबु चौरसीया लगायतको उपस्तिथि रहेको थियो ।



















प्रतिक्रिया