अभिलाष गुप्ता
फाल्गुन ०५ बिरगंज
आज बाट सुरु भएको जुनियर फुटबल प्रतियोगिताको पहिलो खेलमा नवदिप एकेडेमी विजयी भएको छ । ३०–३० मिनेट गरी एक घण्टाको खेलमा दुवै समूहबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा लम्बिएको थियो ।
Advertisement
ट्राईब्रेकरमा ४–३ गोलले नवदीप एकेडेमी विजयी भएको छ । यस खेलमा नवदिप एकेडेमीका गोलकिपर राज चौधरी प्लेयर अफ दी म्याच घोषित भएका छन् ।
आज बाट सुरु प्याब्सन पर्साले आयोजना गरेको अन्तर विद्यालय स्तरीय टि २० नकआउट क्रिकेट प्रतियोगितामा सेन्जेभियर्स स्कुल विजयी भएको छ । आज भएको पहिलो खेलमा आदर्श स्कुललाई ९ रनको झिनो अन्तरले पराजित गर्दै सेन्जेभियर्स स्कुल विजयी भएको हो ।
Advertisement
आजै टस जितेर ब्याटिंग गरेको सेन्जेभियर्स स्कुलले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । सेन्जेभियर्सका लागि दिपेश साहले ५५ रनको अर्धशतीय पारी खेले । १०३ रनको लक्ष्य पछ्याएको आदर्श स्कुल निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ९३ रनमै समेटियो ।
प्रतियोगितामा सेन्जेभियर्सका दिपेश साह प्लेयर अफ दी म्याच घोषित भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए । प्लेयर अफ दी म्याच भएका दिपेशलाई नगद एक हजार रुपैयाँ र मायाको चिनोसहित प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी लगायतले पुरस्कृत गरेका थिए ।
Advertisement
उनलाई प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीसँगै मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, पूर्व केन्द्रिय सदस्य एवम् समाजसेवी प्रकाश उपाध्याय, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह लगायतले पुरस्कृत गरेका थिए।




















प्रतिक्रिया