चाईना फाउन्डेसन तथा इनर्जेटिक युथ भोलेनटियर्स बिरगंज द्वारा छात्राहरुलाई नि:शुल्क साइकल वितरण कार्यक्रम

 

अभिलाष गुप्ता
फल्गुन ०५ बिरगंज

Advertisement

चाईना फाउन्डेसन तथा इनर्जेटिक युथ भोलेनटियर्सको सहयोगमा आयोजना गरिएको कार्यक्रममा ९३ थान लेडिज चाईनिज साइकल बितरण कार्यक्रम सम्पन्न गरेको छ।बिरगंज महानगरपालिका बिर्ता वडा नम्बर ४ स्थित श्री कन्या माध्यमिक बिधालयका जेहेन्दार तथा गरिब बालबालिकाहरुको लागि उक्त साईकल बितरण गरिएको हो।

उक्त कार्यक्रममा कन्या बिधालयका प्र.अ. अनिता साहको अध्यक्षतामा सम्पन्न भएको हो।श्री कन्या माध्यमिक बिधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि उक्त साइकल बितरण कार्यक्रमको आयोजना गरिएको हो। इनर्जेटिक युथ भोलेनटियर्स बिरगंजले आयोजना गरेको कार्यक्रममा ९३ थान साइकल यस बिधालयमा पढ्ने छात्राहरुलाई साइकल वितरण गरिएको हो।

Advertisement

बिधालय समितीका अध्यक्ष प्रदिप कुमार केडियाका अनुसार छात्र छात्राहरुलाई घर जान आउन कठिना भएको बिद्यार्थीहरु लाई सहज होस भन्ने उदेश्यको साथ साईकल बितरण भएको हो। विद्यार्थीहरुको लागि साइकल वितरण कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रममा शिक्षक,शिक्षिका एवम् विद्यार्थीहरु, पत्रकारको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

Advertisement