अभिलाष गुप्ता
फाल्गुन ५ बिरगंज
Advertisement
जनमत पार्टी पर्साको जिल्ला समन्वय समितिको बिस्तारीत बैठक आज जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा पोखरियामा सम्पन्न भएको छ। बैठकलाई जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले सम्बोधन गर्दै पार्टीलाई जनमुखी र पर्सा जिल्लामा एक नम्बरको पार्टी बनाउने उदेश्यले u24 अभियानलाई प्रभावकारी एवं तिब्र बनाउन जोड दिए। मधेसका मुख्यमन्त्री बेथिति र भ्रस्टाचार विरुद्ध चालेका सकारात्मक कदमले पार्टी को गरिमा बढेको र जनमानसमा जनमत प्रति आकर्षण र बिश्वास बढेको जिकिर गरे।
राजनीति समिति सदस्य सिपु तिवारीले सम्बोधन गर्दै आम जनताको आशा र भरोसा एवं उतम विकल्प डा.सिके राउत र जनमत पार्टी नै रहेको उल्लेख गर्दै सबैलाई गोलबन्द हुन आग्रह गरे। बैठकमा केन्द्रिय सदस्यहरु अनुराग द्विवेदी, रम्भा मिस्रा, अनिता रौनियार ,नजमा खातुन , वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा,युवा अध्यक्ष उदय यादव, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता ,विद्यार्थी अध्यक्ष बिबेक झा, दलितको जिल्ला अध्यक्ष नरेश राम,वीरगन्ज महानगर युवा संयोजक संजय सिह, विभिन्न पालिका अध्यक्षहरु एवं जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।



















प्रतिक्रिया