अभिलाष गुप्ता
फाल्गुन ०५ बिरगंज
Advertisement
वीरगञ्जमा आजदेखि प्याब्सन अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता सुरु भएको छ । प्याब्सन पर्साको आयोजनामा भएको उक्त प्रतियोगिताको वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा औपचारिक उद्घाटन गरिएको हो ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य डिके ढुङ्गाना र मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
Advertisement
कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गानाले विद्यालय नै खेलाडी उत्पादन गर्ने पहिलो थलो भएको उल्लेख गरे ।सो टी–२० नकआउट क्रिकेटका खेल फागुन १४ गतेसम्म सञ्चालन हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिएका हुन । विपद् व्यवस्थापन गुल्म वीरगञ्जको खेल मैदानमा सुरु फुटबलका खेलहरू फागुन १० गते समापन हुने छ।
उद्घाटन सत्रमा प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साह, मधेस प्रदेशका वरिष्ठ सल्लाहकार इमामुद्धिन अहमद, केन्द्रीय सदस्य छेदुप लामा, पूर्व केन्द्रीय सदस्य एवम् समाजसेवी प्रकाश उपाध्यायलगायतको उपस्थिति रहेको थियो
Advertisement
नवौ संस्करणदेखि प्रतियोगितामा कप, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । क्रिकेटतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने फुटबलतर्फ ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ साथै, उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट डिफेन्डर लगायतका विधामा पनि नगदसहित पुरस्कार वितरण गरिने सचिव संग्रौलाले जानकारी दिए । क्रिकेट र फुटबल दुवैतर्फ प्रतियोगितामा सहभागि ८ सय खेलाडीको २५ हजार रुपैयाँसम्मको सुरक्षा बीमा गरिएको प्याब्सन पर्साका अध्यक्ष चौधरीले बताए ।
उक्त जुनियर फुटबल प्रतियोगितामा पर्सा जिल्लाका २० ओटा विद्यालयहरुको सहभागिता रहने तथा अन्तरविद्यालय टी–२० नकआउट क्रिकेटमा पर्सा जिल्लाका २७ विद्यालयहरुको सहभागिता रहने जानकारी गराएका थिए।
उक्त समारोहमा बिरगंज प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुसिला साह,श्याम केसि,सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदी ठकुराई,विभिन्न स्कुलका प्रीन्सिपल,प्याब्सन पर्साका प्रतिनिधिहरु एवम् विभिन्न मिडियाका सन्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव सङ्ग्रौलाले गरेका थिए ।




















प्रतिक्रिया