नवौं संस्करणको प्याब्सन अन्तरविद्यालय टी–२० क्रिकेट तथा फुटबल प्रतियोगिता सम्प

 

अभिलाष गुप्ता
फल्गुन ०६ बिरगंज

Advertisement

नवौं संस्करणको प्याब्सन अन्तरविद्यालय टी–२० क्रिकेट तथा फुटबल प्रतियोगितामा आज विभिन्न विद्यालयबीच प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न भएका छन् । क्रिकेट तर्फ ३ खेल सम्पन्न भयो भने फुटबल तर्फ ४ खेल भएको थियोे।

पहिलो खेलमा अल्पाईन स्कुलले वाकओभर पाउँदै सफल एकेडेमीलाई पराजित गरेको छ । सफल एकेडेमी निर्धारित समयमा उपस्थित नभएपछि अल्पाईन विजयी घोषित भएको हो । दोस्रो खेलमा ज्ञानदा एकेडेमी र वीरगञ्ज स्कुलबीच भिडन्त भएको थियो ।टस जितेर ब्याटिङ रोजेको ज्ञानदाले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १४९ रन तयार बनायो । ज्ञानदाका आदिल अन्सारीले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे भने प्रियान्शु सर्राफले ४८ रन जोडेका थिए ।
तेस्रो खेलमा मास्कट एकेडेमी र वीरगञ्ज पब्लिक स्कुल भिडेका थिए । टस जितेर ब्याटिङ रोजेको मास्कटले १५ ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो । ८५ रनको लक्ष्य पछ्याएको वीरगञ्ज पब्लिक स्कुल १५ ओभरमा ६ विकेट गुमाएर ६५ रनमै रोकियो । वीरगञ्ज पब्लिक स्कुलका उज्जल कुमार र शिवम चौधरीले २/२ विकेट लिए भने आशिष साह, प्रथम चौधरी र आलोक कुमार चौधरीले १/१ विकेट लिए । ‘म्यान अफ दी म्याच’ वीरगञ्ज पब्लिक स्कुलका ईशान ठाकुर घोषित भए ।

Advertisement

प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल एमईएस स्कुल र श्री आदर्श स्कुलबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एमईएस स्कुल १–० गोल अन्तरले विजयी भयो । ‘प्लेयर अफ दी म्याच’ आदर्श स्कुलका सर्वेस माझी घोषित भए ।

दोस्रो खेलमा लिटल फ्लावर र बिकन स्कुलबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा गएर खेल झनै रोमाञ्चक भएको थियो । ट्राई ब्रेकरमा पनि बराबरी भएपछि सडेन डेथमा लिटल फ्लावर १–० गोल अन्तरले विजयी बन्यो ।

Advertisement

तेस्रो खेल मुनलाईट र सफल एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सफल एकेडेमीले ४–३ गोल अन्तरले जित हात पा-यो । सफलका जर्सी नम्बर १० का राजीव चौधरीले चार गोल गर्दै टिमलाई जित दिलाए । उनलाई ‘म्यान अफ दी म्याच’ घोषित गरियो ।

अन्तिम खेल मास्कट एकेडेमी र लिटिल एञ्जल्सबीच भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन् । टाइब्रेकरमा लिटिल एञ्जल्सले ३–२ गोल अन्तरले जित हासिल गरेको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

उनकाअनुसार खेलको म्यान अफ दी म्याच मास्कट एकेडेमीका रेहान पन्चे मगर घोषित भएका छन् । सबै खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको थियोे।
प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साहले जानकारी गराएका थिए।