रिलिफ सोसाइटी अफ कमर्स द्वारा बिहारीलाल लाठ कर्मवीर सम्मान पत्र तथा सिलाई मेसिन बितरण

 

अभिलाष गुप्ता
फाल्गुन ०६ बिरगंज

Advertisement

रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्व. बिहारीलाल लाठको तेहौं पुण्य तिथिको अवसरमा ” बिहारीलाल लाठ कर्मवीर सम्मान पत्र ” प्रदान कार्यक्रम सम्पन्न भएको छ।

रिलिफ सोसाइटी अफ कमर्स पर्सा बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा एवम् प्रमुख अतिथि मुर्लीधर रुङटाको आतिथ्यमा सम्पन्न भएको हो।निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता बालमुकुन्द खरेल,विशिष्ट अतिथिमा बिरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, समाजसेवी गनेश लाठ,सचीव प्रेम चन्द्र गोय,हरि गौतमको विशेष उपस्थिति रहेको थियो।

Advertisement

रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साका
उपाध्यक्ष पदमा श्री नारायण रुङटा ४ बर्षको लागि निर्बिरोध निर्वाचित भएका थिए। उन लाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता बालमुकुन्द खरेलले सपथ ग्रहण गराएका थिए।

यस बर्ष रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साले
कुल आमदानी १० लाख ३४ हजार ३ सय ३८ रुपैयाँ गरेको छ भने कुल खर्च १३ लाख ४२ हजार गर्न सफल भएको छ।

Advertisement

सम्मान गर्नेहरुमा समाजिक अभियान्ता एवं आशा किरण केन्द्रका सुनिल गुप्ता लाई दोसल्ला ओढाई मायाको चिनो र एक थान बिरुवा दिईएको थियो।यसोधा गजुरेल एवम्
कन्या स्कुलका प्र.ह.अनिता साह लाई पनि सम्मान गरिएको थियोे।

शिक्षक तथा साहित्यकार प्रमोद पाण्डे,सामाजिक अभियान्ता प्रकाश थारु,जस्पाल सिंह,ध्रुब सिंह ठकुरी,अभिषेक चौधरी लगाएतकाहरुको पनि सहभागीता रहेको थियोे।

रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साको आयोजनामा एवम् राधा देबी बृजलाल लाठ ट्रस्ट बिरगंज पर्साको सहयोगमा १५ ओटा सिलाई मेसिन बितरण गरिएको थियोे। पर्सा जिल्लाका विभिन्न ठाउ बाट गरिब तथा असहाय महिलाहरु लाई आत्म निर्भर बनोस भन्ने उदेश्यका साथ सो बितरण कार्यक्रम गरिएको हो। विभिन्न महिलाहरु लाई ११ थान र बाकी ४ थान सिद्धेश्वर सान्स्कृती माध्यमिक बिधालय बारा कलैयाका प्र.ह. छवि रमन सुबेदी लाई ४ थान सिलाई मेसिन दिईएको थियोे।

रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साका महासचिव निरज अग्रवालले कार्यक्रम संचालन गरेका थिए।