प्याब्सन राज होजियरी जुनियर फुटबल प्रतियोगितामा नवदिप एकेडेमी, लिटिल फ्लावर, ज्ञान ज्योति र ठोरी एकेडेमी विजयी

 

अभिलाष गुप्ता
फाल्गुन ०८ बिरगंज

Advertisement

बिरगंजमा जारी प्याब्सन राज होजियरी जुनियर फुटबल प्रतियोगितामा आज सम्पन्न खेलहरूमा नवदिप एकेडेमी, लिटिल फ्लावर, ज्ञान ज्योति र ठोरी एकेडेमी विजयी भएका छन् ।

बिरगंज स्थित विपद् व्यवस्थापन गुल्म बिरगंजको खेल मैदानमा भएको पहिलो खेलमा सफल एकेडेमी र नवद्वीप एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो, जहाँ नवद्वीपले १–० को जित दर्ता गरेको छ । नवद्वीपका अक्लेश ठाकुर म्यान अफ द म्याच घोषित भए ।

Advertisement

दोस्रो खेलमा लिटिल फ्लावरले एम.ई.एस.लाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । उक्त खेलमा लिटिल फ्लावरका आर्यन मण्डल म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा लिटिल एन्जल्स र ज्ञान ज्योतिको रोचक भिडन्त भएको थियो । यस खेलमा ज्ञान ज्योतिले १–० को जित हात पारेको छ । यस खेलमा ज्ञान ज्योतिका अंकित कुशवाहा म्यान अफ द म्याच घोषित भएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

Advertisement

आजको चौथो तथा अन्तिम खेलमा ब्लु हेभन र ठोरी एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । यस खेलमा ठोरीले ८–० को फराकिलो जित निकाल्यो । ठोरी एकेडेमीका आनन्द परियार म्यान अफ द म्याच घोषित भए ।