अभिलाष गुप्ता
फाल्गुन ०९ बिरगंज
Advertisement
बिरगंज महानगरपालिका स्थित गौतम स्कुलका विद्यार्थीहरूले एक कार्यक्रमको आयोजना गरी फुड तथा सान्स्कृती कला प्रदर्शनीको आयोजन गरेका छन। आज शुक्रवारका दिन विद्यालयकै सभाहलमा आयोजित एक कार्यक्रम मार्फत विद्यार्थीहरूले विभिन्न समुदायका परम्परागत परिकारहरू तयार गरी प्रदर्शनी गरेका थिए ।
उक्त फुड फेस्टिबलमा नेवारी, मधेसी, थारु, मुस्लिम, मारवाडी समुदायका विशेष परिकारहरू प्रस्तुत गरिएका थिए । कक्षा ८ (ए) र ८ (सी) का विद्यार्थीहरूले सामूहिक रूपमा आ-आफ्नो समुदायका परिकारहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा करिब ९० जना विद्यार्थीहरूको सहभागिता रहेको फेस्टकी संयोजक शिक्षक सविता तिवारीले जानकारी दिइन् ।
Advertisement
उनका अनुसार, फुड फेस्टको उद्देश्य विद्यार्थीहरूलाई पाठ्यक्रमसँगै विभिन्न जीवनोपयोगी सीपहरूको ज्ञान दिनु रहेको थियो । विद्यार्थीहरूले वीरगञ्जमा रहेका विभिन्न समुदायका परिकार पकाएर अतिथिहरूलाई खुवाएका थिए । यसले उनीहरूलाई आफ्नो संस्कृति बुझ्न र अन्य समुदायको परम्परागत खानाको ज्ञान हासिल गर्न सहयोग पुगेको शिक्षिका तिवारीले बताइन् । उनले यस किसिमका क्रियाकलापले विद्यार्थीहरूमा आत्मनिर्भरता, परम्परागत भोजनको महत्त्व बुझ्ने क्षमता तथा विविध समुदायहरूको संस्कृतिलाई सम्मान गर्ने भावना जागृत गर्ने पनि बताइन् ।
विद्यालयका अर्का शिक्षक सौराज प्रधानका अनुसार, यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सामाजिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न सहयोग गर्दछ । उनले विद्यालयले आगामी दिनमा विद्यार्थीहरूको सृजनशील क्षमताको विकास गर्न थप यस्तै कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
सामाजिक शिक्षा विषयका प्रमुख दिनेश क्षेत्रीका अनुसार, प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो इतिहास, परम्परा र सामाजिक संरचनाबारे बुझ्न सहयोग गर्ने विश्वास लिइएको छ । विद्यार्थीहरूले सामाजिक शिक्षा, विज्ञान, कला जस्ता विषयमा पढेका सिद्धान्तहरू व्यवहारिक रूपमा प्रस्तुत गर्न पाउनु विद्यालयको मुख्य उद्देश्य रहेको उनले बताए ।




















प्रतिक्रिया