अभिलाष गुप्ता
फाल्गुन ०९ बिरगंज
Advertisement
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाले गठन गरेको भोजपुरी प्रतिष्ठान वीरगञ्जले शुक्रबार लायन्स क्लब अफ सेसमी एकेडेमीको सहयोगमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
उक्त कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण रहेका थिए भने लायन्स क्लब अफ सेसमी एकेडेमीकी डिस्ट्रीक्ट डिपुटी प्रमुख आश्मा सिंह यादव, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतको आतिथ्यमा प्रतियोगिता सम्पन्न भयो।
Advertisement
प्रतियोगितामा वीरगञ्जका त्रिभुवन हनुमान, त्रीजुद्ध, कन्या, माइस्थान विद्यापीठ, सिद्धार्थ र नृसिंह विद्यालयका १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा सिद्धार्थ विद्यालयका चन्द्रकान्त महतो प्रथम स्थान हासिल गर्दै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु १,५०० पुरस्कार प्राप्त गरे। त्रीजुद्ध विद्यालयका रोहित साह कानुले दोस्रो स्थान हासिल गरी प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु १,००० प्राप्त गरे भने सिद्धार्थ विद्यालयकै अन्तिमा कुमारी रौनियार तेस्रो स्थान हासिल गर्दै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु ५०० प्राप्त गरिन्। अन्य ९ जना सहभागीलाई प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरी हौसला बढाइएको थियो।
प्रतियोगितामा स्वागत मन्तव्य श्याम सर्राफले दिएका थिए भने प्रतियोगिताको उद्देश्यबारे पत्रकार अजय चौरसियाले प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन पत्रकार माधुरी महतोले गरेकी थिइन्।




















प्रतिक्रिया