लायन्स क्लब अफ बिरगंज क्युरेटिभको आयोजनामा सर्भाईकल क्यान्सर अवेर्नेस प्रोग्राम सम्पन्न

 

अभिलाष गुप्ता
फल्गुन १० बिरगंज

Advertisement

लायन्स क्लब अफ बिरगंज क्युरेटिभको आयोजनामा सर्भाईकल क्यान्सर अवेर्नेस प्रोग्राम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बिरगंज स्थित हरीखेतान बहुमुखी क्याम्पसको प्रांगणमा एक कार्यक्रमको आयोजना गरिएको थियोे। उक्त कार्यक्रममा प्रमुख अतिथी बिगत पाँच दशकदेखि लायन्स सेवामा सक्रिय रहि सेवा गर्दै आएका वरिष्ठ भूत पुर्ब डिस्ट्रिक्ट गभर्नर डा. आर.पी. खेतानको आतिथ्यमा सम्पन्न भएको थियो।

सो कार्यक्रममा प्रसूति तथा महिला रोग विशेषज्ञ डा. कीर्ति अग्रवालले यस हरीखेतान बहुमुखी क्याम्पस अध्ययनरत २ सय छात्राहरूलाई पाठेघर ग्रिवा क्यान्सरबारे विस्तृत जानकारी दिँदै फलदायी प्रस्तुति दिनुभएको थियो। उनले यो क्यान्सरबारे समयमै सचेतना आवश्यक रहेको बताउँदै रोकथामका उपायहरूबारे प्रकाश पार्नुभयो।

Advertisement

लायंस क्लबका प्रतिनिधि डा. अविषेक अर्यालका अनुसार आउँदो हप्तामा पनि फेरी यस्तै जनचेतनामूलक कार्यक्रम क्याम्पसमा सञ्चालन गरिने बताएकी थिईन।कार्यक्रममा क्याम्पस प्रमुख, प्राध्यापक, समाजसेवी, सञ्चारकर्मी तथा छात्राहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement