सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको नेपाली रुपैयाँ सहित भारतिय नागरिक पक्राउ

 

अभिलाष गुप्ता
फाल्गुन १० वीरगन्ज

Advertisement

सशस्त्र प्रहरी सीमा सुरक्ष गुल्म बिरगंजबाट खटिए‌को टोलीले जिल्ला स्रोत नखुलेको नेपाली रुपैयाँ सहित एकजना भारतिय नागरीकलाई पक्राउ गरेको छ।पर्साको बिरगंज महानगरपालिका वडा नं १६ भन्सार मेनगेट अगाडि चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एबी ६६९४ नम्बरको भारतिय मोटरसाइकलबाट स्रोत नखुलेको १००० दरको तीनसय थान नोट गरी ३ लाख, ५०० दरको दुईसय नोट गरी १ लाख नगद र मोटरसाइकलको भंसार मुल्यांकन १ लाख गरी जम्मा ५ लाख रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्वी चम्पारन जिल्ला रक्सौल बस्ने ३४ वर्षिय कन्हैया कुमार गुप्ता रहेका छन्। कन्हैया आफ्नो शरिरको विभिन्न भागमा उक्त रुपैयाँ लुकाई छिपाई लैजादै थिए।

Advertisement