मास्कोट एकेडेमी द्वारा आफ्नो २५ औं वार्षिक उत्सव धुमधामका साथ सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन १० बिरगंज

Advertisement

मास्कोट एकेडेमीले आफ्नो २५ औं वार्षिक धुमधामका साथ सम्पन्न गरेको छ।उक्त २५ औं वार्षिक उत्सवको उपलक्ष्यमा विद्यार्थीहरूद्वारा नृत्य, गायन तथा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सु- सम्पन्न गरेको छ।

सो कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका सांसद रहबर अन्सारीको आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रमको उद्घाटन मधेश प्रदेशका सांसद रहबर अन्सारीले दीप प्रज्वलन गरी गरेका थिए। उक्त कार्यक्रममा विशिष्ट अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरासीया,समाजसेवी प्रकाश उपाध्याय,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,पत्रकार तुल्शी भणडारि,संतोष रन्जितकार,अभिलाष गुप्ता , जगत राई,सन्तोश कुश्वाहा,प्याब्सन पर्साका सरोज चौधरी, विभिन्न संस्था, विशिष्ट व्यक्तित्व, विद्यार्थी अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

उक्त वार्षिकोत्सब समारोहमा प्रमुख अतिथी रहबर अन्सारीले यस बिधालयले शिक्षा क्षेत्रमा धेरै उत्कृष्ट योगदान गरेको चर्चा गर्नुभएको थियो ।बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको बताए । आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो अगाडि बढेको देख्न पाउ भनेर शुभकामना दिनुभएको थियो । उनले भने स-साना बालबालिकाहरुको नृत्य तथा विभिन्न जातजातिको संस्कार र संस्कृति र उत्कृष्ट शिक्षा प्रदान गरेकोमा उहाँले बधाई समेत दिनुभएको हो ।उहाँले आफुले गर्नुपर्ने सहयोग सधैं जारी रहने प्रतिबद्धता समेत जनाउनु भएको छ।

मास्कोट एकेडेमीका संचालक छेडुप लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य मास्कोट एकेडेमीका शिक्षिका सरिता खडगिले गरेकी थिईन।

Advertisement