तेरापन्थ महिला मण्डल बिरगंज द्वारा क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
फाल्गुन ११ बिरगंज

Advertisement

अखिल भारतीय तेरापन्थ महिला मण्डलको निर्देशन अनुसार, तेरापन्थ महिला मण्डल, बिरगंजले आइतबार, २३ फेब्रुअरी 2025, फाल्गुन ११ गतेका दिन क्यान्सर जनचेतना कार्यक्रमको (कन्ट्रोल मार्फत क्यान्सरको जोखिम कम गर्ने केही सरल उपायहरू) आयोजना गरेको छ।

यस जनचेतना कार्यक्रममा प्रमुख अतिथि भारतको नया दिल्ली बाट आएका प्रोफेसर एवम् डा.एम.डि.रायको आतिथ्यमा सम्पन्न भएको हो। आजको कार्यक्रम
प्रमुख अतिथी द्वारा उद्घाटन हुनेछ भने यस कार्यक्रमको संयोजक अशोक कुमार बैध रहेका थिए । उक्त कार्यक्रम सहजीकरण तेरापन्थ भवन बिरगंजका रमेश कुमार केडियाले गरेका थिए।

Advertisement

उक्त कार्यक्रमको आयोजक तेरापन्थ महिला मण्डल तथा जैन श्वेताम्बर तेरापन्थ सभा तेरापन्थ युवा परिषद् र सह आयोजकमा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल रहेका थिए।

तेरापन्थ महिला मण्डल बिरगंज अध्यक्ष बबिता खटेड
सुनिता राय,बिरगंज केडिया आखा अस्पतालका संचालक रामकुमार महावीर प्रसाद केडिया,डा.अभिषेक,चन्द्र किशोर झा,नेपाल प्रहरीका पुर्ब ए.आई.जि.बिजय कायस्थ,लायन्स कल्बका रामबिहारी पाण्डे तेरापन्थ महिला मण्डल बिरगंजका सम्पुर्ण महिला पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेका थिए।

Advertisement

प्रमुख अतिथी रायका अनुसार शरीरमा हुने असामान्य र खतरनाक अवस्था, जसमा कोशिकाहरूको असामान्य वृद्धि हुन्छ, त्यसलाई क्यान्सर भनिन्छ। हाम्रो शरीरमा कोशिकाहरूको निरन्तर विभाजन एक सामान्य प्रक्रिया हो, जसमा शरीरको पूर्ण नियन्त्रण हुन्छ।

तर जब शरीरले कुनै विशेष अंगका कोशिकाहरूमाथि नियन्त्रण गुमाउँछ, तिनीहरू असामान्य रूपमा बढ्न थाल्छन् र ट्युमरको रूप लिन्छ, यसलाई क्यान्सर भनिन्छ। धेरैजसो क्यान्सर ट्युमरको रूपमा हुन्छ, तर ब्लड क्यान्सरको अवस्थामा ट्युमर हुँदैन भनेर जानकारी गराएका थिए।

क्यान्सर बाट बाचने उपायहरु यस प्रकारको रहेको जानकारी गराएका हुन।आफ्नो जीवनशैली परिवर्तन गरेर, स्वस्थ जीवनशैली अपनाएर र जोखिम कारकहरू घटाएर क्यान्सरबाट बच्न सकिन्छ:- रक्सीको सेवन नगर्ने, धुम्रपान नगर्ने, फाइबर युक्त आहार खाने, अत्यधिक बोसोको सेवन नगर्ने, सबै खोपहरू नियमित सेवन गर्ने, तनावबाट बच्ने, BMI जाँच गराइरहने।स्वस्थ जीवनशैली अपनाउनु पर्नेमा जोड दिएका थिए।