प्रेस सेन्टर नेपालमा पर्साका नीरज पिठाकोटे मगरको अध्यक्षतामा २१ सदस्य समित गठन

 

अभिलाष गुप्ता
फाल्गुन ११ बिरगंज

Advertisement

प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौ अधिवेशन महोत्तरीको बर्दीवासमा सम्पन्न भएको छ । सम्मेलनले पर्साका नीरज पिठाकोटे मगरको अध्यक्षतामा २१ सदस्यीय मधेस प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्ष गोपाल गुप्ता सप्तरी, उपाध्यक्ष रामएकबाल महरा धनुषा, महासविच जिवछ यादव उदासी सिराह, सचिव, रमेश साह बारा, सचिव ओम किशोर चौधरी रौतहट, सचिव रंजित पाण्डे पर्सा, सचिव दिपेन्द्र यादव सप्तरी, कोषाध्यक्ष निरन्जन साह महोत्तरी सदस्यहरुम विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार सरार्फ, सब्दर हुसैन शाह, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोष कुमार लामा, सुमन लामा, उमेश धलान, मुकेश कुमार महतो, महेन्द्र सहनी निर्वाचित गरेको छ ।महिला उपाध्यक्ष सहित केही पद रिक्त रहेकोले आगामी बैठकमा पदपूर्ति गरिने नवनिर्वाचित अध्यक्ष निरज पिठाकोटे मगरले जानकारी दिए ।

Advertisement

अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि पार्टीका उपमहासचिव एवं मधेस प्रदेशका इन्चार्ज कमरेड मात्रिका यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कमल गिरी, मधेस प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलका नेता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमरेड भरत प्रसाद साह, पार्टीका महोत्तरी इन्चार्ज राजु खड्का, केन्द्रीय सदस्य कमरेड प्रकाश पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement