प्याब्सन टि–२० इन्टर स्कुल क्रिकेट प्रतियोगिताको दुईवटा खेलमा मास्कोट र बिकन बिजयी

 

अभिलाष गुप्ता
फाल्गुन ११ बिरगंज

Advertisement

 

बिरगंज महानगरपालिका स्थित नारायणी क्रिकेट मैदानमा जारी नवौं प्याब्सन टि–२० इन्टर स्कुल क्रिकेट प्रतियोगिताको दुईवटा खेलमा मास्कोट र बिकन बिजयी भएको छ। पहिलो खेलमा बिकन मावि र लिटिल फ्लावर बिच भएको खेलमा लिटिल फ्लावरलाई हराउँदै बिकन माविले जित हासिल गरेको हो ।बिकन माविका नुसुद आलम म्यान अफ द म्याच घोषित भएका हुन दोस्रो खेलमा मास्कोट मावि र गुरुकुल एकेडेमी बिच भएको खेलमा मास्कोट माविले ६८ रनले जित हासिल गरेको थियो ।

Advertisement

मास्कोट माविका रोहित कुमार महतो म्यान अफ द म्याच घोषित भएको प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिनुभएको छ। उनले भने यसपटक बीरगंज भन्दा बाहिर रहेको ठोरी गाउँपालिका बाट समेत प्याब्सनमा आबद्द गराइ विद्यार्थीहरूको क्षमता विकास गर्न र पालिका र महानगरपालिका भित्र रहेको बिधालय संग हातेमालो गरेर अगाडि बढने उदेश्यले आफ्नो कार्यकालमा धेरै उपलब्धि गर्नुपर्ने धारणा राख्नु भएको छ। सोको जानकारी बिकन माविका शिक्षक सुबास भट्टराईले दिएका थिए ।

Advertisement