अभिलाष गुप्ता
फाल्गुन १३ बिरगंज
Advertisement
जीवन ज्योति स्कुलमा पठन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।स्कुल प्राङ्गणमा आयोजित मङ्गलवार आयोजित प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । सानै उमेरदेखि विद्यार्थीहरूमा पढ्ने र बोल्ने कौशलको विकास गर्नुका साथै आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयकी संस्थापक मीनाक्षी गुप्ताले बताइन् ।
प्रतियोगिताको मूल्याङ्कन निष्पक्ष रूपमा भएको र यसका लागि गौतम स्कुलका शिक्षक एल्भिन रेन्जर र दिलीप गुप्ता निर्णायक मण्डलमा रहेको सह-प्रधानाध्यापक गुप्ताले बताए । उनीहरूले विद्यार्थीहरूको प्रस्तुतिको गुणस्तर, आत्मविश्वास र स्पष्टताको आधारमा अङ्क प्रदान गरेका थिए ।प्रतियोगिताको नतिजा अनुसार कक्षा १ बाट रिदम रौनियार प्रथम, प्रियल तिवारी द्वितीय र अरविन्द साह तृतीय भए । कक्षा २ बाट यशराज चौधरीले प्रथम, आधिरा रौनियारले द्वितीय र प्रभास यादवले तृतीय स्थान हासिल गरे ।
Advertisement
त्यस्तै, कक्षा ३ बाट दीक्षा पटेल प्रथम, अभिनीत कुशवाहा द्वितीय र राघिनी गुप्ता तृतीय भए । कक्षा ४ मा उत्कर्ष तिवारी प्रथम, प्रिय सिंह द्वितीय र जोया खातुन तृतीय स्थानमा रहे । कक्षा ५ बाट प्रकृति गिरीले प्रथम, साक्षी रौनियारले द्वितीय र अन्नय यादवले तृतीय स्थान प्राप्त गरे ।विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको स्कुलका सह-प्रधानाध्यापक निखिल गुप्ताले जानकारी दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्कुलकी संस्थापक मीनाक्षी गुप्ताले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।यस्ता गतिविधिले उनीहरूको आत्मविश्वास बढाउनुका साथै भविष्यमा उज्ज्वल भबिस्य निर्वाह गर्न पनि सहयोग गर्छ ।




















प्रतिक्रिया