अभिलाष गुप्ता
फाल्गुन १३ बिरगंज
Advertisement
बारा प्रहरीले लागू औषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंज जादै गरेको बा ६३ प ८२६२ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकल शंकास्पद लागी रोकी चेक जाँच गर्दा सिटमुनि लुकाई राखेको लागू औषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी बस्ने अन्दाजी २१ वर्षीय रबिन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Advertisement
उनको साथबाट १ किलो ७५० ग्राम लागू औषध अफिम जस्तो पदार्थ ३ वटा गोला बरामद गरिएको छ ।
उक्त लागू औषध अफिम जस्तो पदार्थ सहित मोक्तानलाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट दिन १० (दस) म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक दिलिप कुमार थापाले बताएका छन् ।




















प्रतिक्रिया