Advertisement
अभिलाष गुप्ता
फाल्गुन १४ बिरगंज
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया द्वारा ८९ औं त्रिमूर्ति शिव जयन्ती को पावन अवसरमा आयोजित वर्तमान समयमा महाशिवरात्रिको अद्वितीय महत्व विषयक आध्यात्मिक प्रवचन एवं शिव ध्वजारोहण समारोह एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथी मधेस प्रदेशका सान्सद श्याम पटेलको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा सामुदायिक प्रहरी कुम्हालटाेलका सचीव एवं समाज सेवी श्रवणबहादुर रायमाझी,छपकैयाका अध्यक्ष गयासुदिन ठकुराई,पत्रकार अभिलाष गुप्ता,समाज सेवी राजेन्द्र भट्टराई,मधेश बिश्व बिधालयका उपकुलपति डा.दिपक शाक्य,बिरगंज नर्सिङ कलेजका प्रमुख कल्पना पौडेल,समाजसेवी प्रकाश थारु,प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी बिरगंज उपाध्यक्ष मधु राणा,बिके छोटेलाल,गोकुल गुबाजु लगाएतकाहरुको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे।उक्त कार्यक्रमका अध्यक्षता ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया बिरगंजकि क्षेत्रिय एवं मुख्य संचालिका रबिना दिदिको अध्यक्षतामा सम्पन्न भएको थियोे।
Advertisement
भगवान् शिव यो धर्तीमा अवतरित हुनु भएको ८८ बर्ष पूरा भई ८९ बर्षमा प्रवेश गरेको ८९ औं त्रिमुति शिव जयन्तीको अवसर यो कार्यक्रमको आयोजना गरिएको हो।शकर पार्वती र सर्ब आत्माहरुको पिता एउटै प्रमात्मा शिव हुन भन्ने उदेश्यका साथ
८९ जन्म दिनको पुनित अवसरमा केक काटेर धुमधामका साथ मनाईएको थियोे।
स्वागत मन्तव्य ब्रहमाकुमारी बेलि दिदिले गरेकी थिईन।सो कार्यक्रममा स-साना बालबालिका द्वारा स्वागत नृत्य प्रस्तु गरिएको थियो।आजको कार्यक्रम सन्चालान ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया बिके गोबर्धन चौधरीले गरेका थिए।




















प्रतिक्रिया