अभिलाष गुप्ता
फाल्गुन १४ बिरगंज
Advertisement
वीरगञ्जमा पहिलो पटक “अर्थोकोन २०२५” चार दिवसीय कार्यक्रम सुरु भएको छ । नेपाल अर्थोपेडिक संघको आयोजनामा बुधबारबाट सुरु भएको कार्यक्रममा नेपाल भरीका अर्थोपेडिक सर्जरीको अभ्यास गर्ने करिब ५०० जना चिकित्सकहरुको सहभगी रहने बताईएको छ । सो कार्यक्रम अन्तर्गत सूर्य अस्पताल वीरगञ्जबाट पहिलो दिन प्रि कन्फ्रस वर्कसशपको आयोजना गरिएको छ । चिकित्सकहरुलाई नयाँ नयाँ प्रबिधिमा हुने गरेको शल्यक्रियाको बारेमा जानकारी गराउने उदेश्यले प्रि कन्फ्रस वर्कसशप गरिएको “अर्थोकोन २०२५” कार्यक्रमका संयोजक डा.सरोज सिंहले जानकारी दिनु भयो ।
सूर्य अस्पताल वीरगञ्जमा भएको आजको प्रि कन्फ्रस वर्कसशपमा नेपाल अर्थोपेडिक संघका महासचिव डा.बिजेन्द्र अधिकारीले प्रशिक्षण दिनु भयो । सो अवसरमा । नेपाल अर्थोपेडिक संघका अध्यक्ष प्रो.डा अर्जुन लामिछाने,पुर्व अध्यक्ष बरिष्ठ अर्थोपेडिक डा.रमेश प्रसाद सिंह, अस्पतालका संचालक डा.सरोज सिंहलगायतको सहगीता रहेको थियो ।
Advertisement

यसैगरी भोलि देखि तिन दिन सम्म वीरगञ्जको क्लार्क रिसोर्टमा गोष्टी आयोजना हुने कार्यक्रम संयोजक डा.सिंहले जनाएका छन । भोलि देखि हुने कार्यक्रममा बिदेशबाट समेत चिकित्सकहरुको सहभागीता रहने पनि वहाँले जानकारी दिनु भयो । बिदेशमा अर्थोपेडिक चिकित्सामा हासिल भएको सफलता र चिकित्सकहरुले प्राप्त गरेको उपल्बधी, नयाँ खोज र अनुसंधान एक आपसमा साटा साट गरिने संयोजक सिंहको भनाई छ ।कार्यक्रमको अन्तिम दिन अर्थात मार्च १ तारिकको दिन पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको ठोस उपलब्धी र देश बिदेशका अर्थोपेडिक चिकित्सकहरुको अनुभव सहित अन्तरक्रिया गरी सर्वाजनीक गरिने योजना रहेको छ । नेपाल अर्थोपेडिक संघले आफनो वार्षिक उत्सवको अवसरमा हरेक वर्ष नेपालको बिभिन्न स्थानमा गोष्टी तथा कार्यशालाको आयोजना गर्दै आएको छ ।




















प्रतिक्रिया