नेपाली कांग्रेस परित्याग गरी जनमत पार्टीमा प्रवेश

 

अभिलाष गुप्ता
वीरगंज १४ फाल्गुन

Advertisement

 

पर्सा क्षेत्र न ४ को जगरनाथपुर गापास्थित जनमत पार्टीको सम्पर्क कार्यालयमा बुधवार पार्टी प्रवेश कार्यक्रम भएको छ।
नेपाली कांग्रेस परित्याग गरी जगरनाथपुर गापा वडा नं १ पाँणेपुरका ध्रुव राउत गदी, नइम राउत गदी, अलिहास राउत गदी, फिरोज़ राउत गदी लगाएतले जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा क्षेत्र नं ४ का क्षेत्रिय संयोजक वृजेश्वरप्रसाद चौधरीले बताए। उनले पार्टी प्रवेश गर्ने सबैजनालाई फूलमाला तथा टिका लगाई पार्टीमा स्वागत गरिएको थियोे।

Advertisement

पार्टीमा प्रवेश गर्ने नव कार्यकर्ताहरुलाई आगामी दिनमा कामको मुल्यांकन गरी आवश्यकता अनुसार पार्टीको ज़िम्मेवारी प्रदान गर्ने जनमत पार्टीका युवा नेता बृजेश्वर चौधरीले जानकारी गराएका थिए।

Advertisement